'सुपर डान्सर नेपाल' प्रशारणमा आउदै, बालवालिकाको प्रतिभालाई अन्तराष्ट्रिय स्तरमा लैजाने अवसर
२ जेठ, काठमाडौं ।
भारतको टेलिभिजनबाट प्रसारण हुने निकै रुचाइएको र सबैले मन पराउने रियाालिटी शो सुपर डान्सर इन्डियाको नेपाली भर्सन आउने भएको छ ।
भारतमा सर्वाधिक रुचाइएको रियालिटी शो “सुपर डान्सर इन्डिया’’ जस्तै नेपालको लागि पनि औपचारीक रुपमा फ्रेन्चाइज शो उत्पादन, बजारीकरण गर्ने गरेर “सुपर डान्सर नेपाल’’ प्रशारण गर्ने ए.डी. रिलिज प्रा. लि. की कम्युनिकेशन म्यानेजर रश्मी अग्रवालले जानकारी दिइन्।
ए.डी. रिलिजले नेपालमा अहिलेसम्म विभिन्र मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ । सुपर डान्सर इन्डियाले विश्वभरका बालबालिकाको प्रतिभा प्रर्दशन गराउदैँ आएको र उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गरेको र डान्स प्रतिस्पर्धीहरुले आफ्नो क्षमता प्रारम्भिक अडिसन मार्फत देखाउन भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोज्दै आफ्नो क्षमता प्रारम्भिक अडिसन मार्फता देखाउन पाउने उनले बताइन् ।
त्यस्तै नेपालको प्रमुख शहरहरु पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, काठमाडौं र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन पाउने छन्।
अग्रवालले भनिन्, “उक्त कार्यक्रमको मञ्चबाट नेपालका बालवालिकाको प्रतिभालाई खोजी अन्तराष्ट्रिय स्तरमा स्थापित गरिनेछ ।’’
कार्यक्रमको प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण गर्नेका लागि १२ जना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहने र प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकिय भुमिका निभाउँदै गाइड गर्ने अग्रवालको भनाइ छ ।
त्यसैगरि “सुपर डान्सर नेपाल’’ को प्रोडक्सन टीममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समुह वाइल्ड रिपर्ज पनि अनुबन्धित रहेको र भारतबाट प्रसारण हुने टेलिभिजन च्यानल सोनीमा ‘सुपर डान्सर’ इन्डिया प्रसारण हुने र नेपालमा यो शो हरेक बिहीबार र शुक्रबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुने अग्रवालले जानकारी दिइन्।
फ्रेन्चाइज गाइडलाइन अनुसार ३ जना प्रतिष्ठित व्यक्तित्व सुपर जज प्यानलमा रहनेछन् भने यो शो को ३० भागमा निर्माण हुनेछ ।
Facebook Comments