तस्वीरमा कलाकारको मतदान

तस्वीरमा कलाकारको मतदान

३१ वैशाख, काठमाडौं । 
शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा कलाकारहरुले पनि मतदान गर्दै आफ्नो मत देशको स्थायित्व र स्थिरताका लागि भएको बताएका छन् ।

विभिन्न मतदान केन्द्रमा मत खसालेपछि प्रतिक्रिया दिँदै कलाकारहरुले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले पनि बुढानीलकण्ठबाट मतदान गरेका हुन् । आचार्यले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै लेख्नुभएको छ, “मैले त मतदान गरें, तपाईंले गर्नुभयो ?”

हाँस्य कलाकार मनोज गजुरेलले मतदान गरेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “हाम्रो भोट स्थानीय स्थायित्व र स्थिरताका लागि हो । हाम्रा जनप्रतिनिधि सेवक बनुन्, शासक नबनुन्”। 

स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन्द्र साहले पनि तीनकुनेबाट मतदान गरेका छन् । 

साथै नायिका सञ्चिता लुईटेलले पनि बत्तिस पुतलीमा रहेको केन्द्रबाट मतदान गरेकी छन्। 

मतदानमा सहभागी जनाउदै वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ

मतदानमा सहभागी जनाउदै कलाकार दीपक राज गिरी

मतदानमा सहभागी जनाउदै गायक हेमन्त शर्मा