यौन उत्पीडन परेकी युवतीको भिडियोप्रति गृहको ध्यानाकर्षण, एसएसपी कुँवरको नेतृत्वमा छानविन समिति गठन

यौन उत्पीडन परेकी युवतीको भिडियोप्रति गृहको ध्यानाकर्षण,  एसएसपी कुँवरको नेतृत्वमा छानविन समिति गठन

६ जेठ, काठमाडौं ।

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । 

उक्त भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वको बनेको समितिमा समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन् ।

समितिले शुक्रबारदेखि नै काम सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।