चार वर्षपछि चलचित्र निर्माणमा फर्किने छविराज ओझाको तयारी

चार वर्षपछि चलचित्र निर्माणमा फर्किने छविराज ओझाको तयारी

१६ मंसिर, काठमाडौं । 
कुनै समय सुपरहिट चलचित्र बनाएका निर्मता छविराज ओझाले आफ्नो ५७ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। 

बाघ निर्माताको उपनामले समेत चिनिने छविराज ओझा चार वर्षपछि चलचित्र निर्माणमा फर्किन लागेका हुन् । व्याक्तिगत जीवनमा आएको उतारचढावको कारण उनले कुनै नयाँ काम सुरु गरेनन् । उनले चलचित्र मङ्गलम् पश्चात कुनै नयाँ चलचित्र निर्माण गरेका छैनन् ।

उनले नयाँ चलचित्रको एक गीत रेकर्ड समेत गराएका छन् । गीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ ।

निर्माण गर्न लागेको चलचित्रको नाम नखुलाई ओझाले स्क्रिप्ट र गीतमा काम भइरहेको बताए। 

दुई महिनापछि छायांकन सुरु गर्ने भनिएको फिल्मका लागि छविले कलाकार छनोट गरिरहेका छन्। 

द्वन्द्व र प्रेमलाई मुख्य विषयवस्तु बनाई फिल्म निर्माण गर्ने ओझा यसपटक लभस्टोरी जनरामा फिल्म निर्माण गर्दैछन्। उनले युवापुस्तालाई लक्षित गर्दै फिल्म निर्माण गर्न लागेको हुन्।