सिंहदरबारमा प्रधानमन्त्री ओलीले रोपे एभोकाडो

सिंहदरबारमा प्रधानमन्त्री ओलीले रोपे एभोकाडो
तस्विर सौजन्य : ratopati

जेठ २२, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर ‘फलफूलको बिरूवा रोपण अभियान’को सुरूआत गरेका छन्।

विश्व वातावरण दिवसको सन्दर्भमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको बिरूवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका हुन्।

सरकारले आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउन नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिसकेको छ । साथै कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलका विरुवा उत्पादन गर्ने तथा खाली र बाँझो जमीनमा फलफूलमा विरुवा रोपण गर्ने नीति अवलम्बन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार विश्व वातावरण दिवसका अवसरमा राष्ट्रिय योजना आयोगको सचिवालय परिसरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्ति सहभागी थिए ।