वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन

२० फागुन, काठमाडौं ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)  सङ्क्रमणको महामारी विश्वव्यापी बनेसँगै सरकारले तत्कालका लागि  कामदारको श्रम स्वीकृति स्थगन गरेको हो।

कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको र संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउने सरकाले निर्णय गरेका छ । 

दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ ।

यस्तै, अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको छ।