आमसभामाका कार्यकर्ताले फालेको झण्डा पार्टी कार्यालयमा बुझाईदिए सरसफाई अभियन्ताले

आमसभामाका कार्यकर्ताले फालेको झण्डा पार्टी कार्यालयमा बुझाईदिए सरसफाई अभियन्ताले
तस्विर सौजन्य : kp khanal

काठमाडौं, २४ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूले आयोजना गरेको आमसभामा सहभागि हुन आएका कार्यकताले सडक किनारमा फालेको झण्डा कान्छा अभियन्ता केपि खनालको टिमले पार्टी कार्यालयमा पुगेर बुझाईदिएका छन् । 

शनिवार माइतीघरमा सरसफाईको क्रममा यत्रतत्र फालिएको अवस्थामा फेला परेका २ वटा सुर्य चिह्न अंकित नेकपाको झण्डाहरु दुई पार्टी कार्यालयहरुमा पुगेर बुझाएका हुन्। 

नेकपा पूर्व माओवादी कोटेश्वर स्थित पेरिसडाँडा र पूर्व नेकपा ऐमाले धुम्बाराही पार्टी कार्यालयमा कान्छा अभियन्ता केपि खनाल र कमेडी च्याम्पियनका बिजेता हिमेश पन्तले पार्टी कार्यालयहरुमा पुगेर जिम्मा लगाएको केपि खनालले जानकारी दिए।

'कसैलाई चित्त दुखे र हाम्रो कदम गलत लागे माफि चाहान्छौं तर कुनैपनि झण्डाको सम्मान गर्नुपर्ने भएकाले आज जथाभावी फालिएका र आफु आफु मेरो हो भन्दै झगडा मा व्यस्त नेकपाका झण्डाहरु हाम्रो सफाईमा भेटिए, त्यसैले हामिले फोहोर मलाईमा हाल्नुभन्दा उहाँहरुकै पार्टि कार्यलयमा बुझाईदिएका छौ ।' सामाजिक सञ्जालमा अभियन्ता खनालले लेखेका छन् । 

अभियन्ता खनालले लामो समयदेखि सरसफाईको अभियान चलाइरहेका छन् भने कमेडियन हिमेशले पनि उनको अभियानमा साथ दिइरहेका छन् ।