भ्वाइस किड्सको उपाधि जेनिश उप्रेतीलाई

भ्वाइस किड्सको उपाधि जेनिश उप्रेतीलाई

२ माघ, काठमाडौं । 
बाल गायन रियालिटी शो 'द भ्वाइस किड्स नेपाल' को पहिलो सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन्।

विजयी भएसँगै उप्रेतीले १५ लाख रुपियाँ पनि नगद पुरस्कार प्राप्त गरेका छन्। ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको यो फिनालीमा आठजना प्रतिस्पर्धी पुगेका थिए ।

टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बू र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए।

२० हजार सहभागीमध्ये डिजिटल अडिशनमा एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी थिए । प्रत्येक टिममा १२ जनाका दरले ४८ जना ब्लाइन्ड राउण्डबाट छानिएका थिए । २४ जना लाइभका लागि छानिए । त्यसपछि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका हुन्।

यस रियालिटी शो द भ्वाइस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार रहेका थिए।