अन्तिम समयमा ‘कमेडी हब’ को प्रसारण मिति सर्‍यो, जेठ १८ गते प्रशारणमा आउने

अन्तिम समयमा ‘कमेडी हब’ को प्रसारण मिति सर्‍यो, जेठ १८ गते प्रशारणमा आउने

१२ जेठ, काठमाडौं । 
कमेडी कलाकारले सञ्चालन गर्न लागेको कमेडी सो ‘कमेडी हब’ को प्रसारण मिति केहि दिन पर धकेलीएको छ । 

जेठ ११ गते प्रसारण हुने भनिएको उक्त सो आउदो जेठ १८ गते मात्र प्रशारणमा आउने  ‘कमेडी हब’ का निर्देशन केदार घिमिरेले जानकारी दिए।

केदार घिमिरे ‘माग्ने बुढा’ले निर्देशन गर्ने उक्त कमेडी सो हब सोमा नाटक, प्रहसन, स्ट्यान्ड अप, प्यारोडी, हाँस्यकवितासहित हाँस्यका सबै विधा समेटिने जनाइएको छ । 

कमेडी हबमा माग्ने बुढासहित राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, हिमेश पन्त, दीपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली ‘लट्टे’, जानुका पौडेल ‘प्याकुली’, दिलीप तामाङ ‘हुरहुर’, खड्गबहादुर पुन ‘खबपु’, प्रभात लामा, सङ्गम राई ‘लब्ली’, नारिया गिरी, राधिका कँडेल, वेदना राई ‘मैना’, सीता न्यौपाने, अनिल राई ‘आम्बो’, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा, दीपेश घिमिरेलगायतको नियमित प्रस्तुति रहनेछ ।

सो एपी वान टेलिभिजनमा राती ८ बजे प्रशारण हुने निर्देशक घिमिरेले जानकारी दिए ।