आशिषले ल्याए ‘बालकोटको वार्दली’ गाईजात्रा

आशिषले ल्याए  ‘बालकोटको वार्दली’ गाईजात्रा

काठमाडौं, २३ साउन । 
गाईजात्राको समय नजिकिदै गएपछि कलाकारहरुले आफ्नो गाईजात्राको कोसेली ल्याउन थालेका छन् । 

गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरीले पनि  ‘बालकोटको वार्दली’ नामम गाईजात्रा कोसेली सार्वजनिक गरेका छन् ।

ब्याङ्ग्यले भरिएको उक्त गाईजात्रामा भ्रष्टचार, अनियमितता, राजनीतिक, आर्थिक, सामाजिक विषयवस्तुलाई समेटर बनाइएको छ । 

आशिषको गाइजात्रा कोसेलीमा अर्जुन पौडेलको छायाँकन र प्रवीण श्रेष्ठको सम्पादन रहेको छ । 

पछिल्लो समय रोजगारीको सिलसिलामा कोरिया पुगेका आशिषले  ‘बालकोटको वार्दली’ उतैबाट सार्वजनिक गरेका हुन् । 

हास्य र व्यङ्ग्यको पर्वका रुपमा लिइने गाईजात्रामा कलाकारले वर्षभरीका विषयवस्तुलाई समेटर हास्यब्यङ्ग्य सामाग्री गाईजात्रा ल्याउने गरेको छन् ।