पछिल्लो २४ घण्टामा सात हजार ८९० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा सात हजार ८९० जना संक्रमणमुक्त

काठमाडौं , ७ जेठ । 
पछिल्लो २४ घण्टामा सात हजार ८९० जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार विभिन्न जिल्लामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा आठ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी १७७ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।