सलमान खानको 'द-बाङ द टुर' दोस्रोपल्ट पनि स्थगित

सलमान खानको 'द-बाङ द टुर'  दोस्रोपल्ट पनि स्थगित

१२ जेठ, काठमाडौं । 
आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको 'द-बाङ द टुर रिलोडेड' कार्यक्रम स्थगित गरिएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले प्रेस विज्ञप्तिमार्फत कार्यक्रम स्थगित भएको जानकारी गराएको हो ।

स्थानीय चुनावको कारण टिकट विक्रीमा प्रभाव परेको र वर्षाको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेपालको पर्यटनलाई उकास्न 'द-बाङ द टुर रिलोडेड' को नयाँ मिति चाँडै तय गर्ने, वर्षा नभएको र रङ्गशाला खाली भएको मिति तोक्न कम्पनीका संस्थापक एव एमडीहरुलाई भारतीय पक्षले निमन्त्रणा गर्दै भारतबाट नयाँ मिति सार्वजनिक गर्नुहुने बताइएको छ ।

सलमानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो ।