महानायकको सहनशीलता र नेपालको पत्रकारिता 

महानायकको सहनशीलता र नेपालको पत्रकारिता 

नेपालका महानायक राजेश हमाललाई कहिले महानायकको पदवीको बारेमा त कहिले मैले राजेश हमालसँग पहिले नै विवाह गरेकी हुँ भन्ने सम्मका आरोप लगाएका थिए । माथीका दुवै कुरा उनका पछाडी गरिएका थिए । तर गत हप्ताको प्रसङ्ग अलि फरक थियो।   उनीमाथी अन्तरबार्ता लिने पत्रकारले ठाडो प्रश्न गरे, ‘तँपाई ट्यापे जस्तो भएर हिड्न थाल्नुभएछ ?’ । त्यो प्रश्नले उनि झस्किए तर विचलित भएनन् । म आफूलाई त्यही ठाँउमा राखेर हेरे, सायद म त्यही ठाँउमा भएको भए उत्तर दिने तरिका फरक हुन्थ्यो अथवा झगडा नै हुन्थ्यो होला । तर उनले त्यसो गरेनन । शालीनता सहित प्रतिप्रश्न गरे। 

महानायक हमालले आफूलाई त्यस्तो प्रश्न आउला अपेक्षा गरेका थिएनन होला र त्यो स्तरको व्याक्तित्वमा सोंच अलि फरक हुनेनै भयो । राजेशले ट्यापे भनेको के हो भनेर प्रतिप्रश्न गरे । प्रश्नकर्ताले समाजमा टप लगाउने, गाँजा तान्ने तथा नकरात्मक कार्य गर्नेलाई ट्यापे भन्छन् भनेर आफैँ उत्तर दिए । यो सबै उत्तरको पछाडी केवल एउटै कुरा झल्कन्थ्यो, अज्ञानी पत्रकार । हुन त मलाई ती पत्रकारको बारेमा थाहा छैन र थाहा पाउनु पनि छैन् । उनकै उत्तर सुन्दा एउटा उखान याद आयो,  'गु लाई कोट्यायो भने वरिपरि नै गन्हाउछ' ।  


"राजेश हमाल नेपाली जनमानसका लागि एक आर्दशवान व्यक्तित्व हुन् । उनको व्यक्तित्व अन्य नेपाली कलाकारहरुको भन्दा फरक छ । यिनको दर्जामा तुलना गर्न लायक व्यक्तित्व अन्य कुनै नेपाली कलाकार पुग्न सकेका छैनन्  भन्दा अनुचित नहोला । राजेश जस्तो सुकै परिस्थितीमा पनि आफूलाई सम्हाल्न सक्ने व्यक्ति हुन, त्यसमा कुनै शंका छैन । "


यस घटनालाई एक समाजशास्त्रीको हिसावले भन्ने हो भने नेपालको पत्रकारिता समाजमा बिचलनको बिजारोपण गर्न सफल भएको छ। नेपालको पत्रकारिताले समाजमा सकरात्मकको सट्टा नकरात्मक परिवर्तन गराईराखेको छ । नेपाली पत्रकारहरुले जनतालाई सहि तथा तथ्यपरक समाचार दिनुको साटो कुरालाई उल्टापुल्टा बनाई सस्तो लोकप्रियताको लागि कार्य गरिरहेका छन् । राजेश हमालको यो काण्ड त्यस्तै परम्पराको एउटा नमूना हो । 

नेपालको पत्रकारिता राजनीतिक दलको झोलामा छ । धेरै जसो पत्रकार पार्टीको कार्यकर्ता जस्ता छन् । नेता तथा पार्टीले नै आ-आफ्ना अनलाइन चलाएका छन् । अहिले त नगरपालिका तथा गाँउपालिकासम्म टिभी च्यानलहरु खुलेका छन् । नेपाली बजार सानो छ, अनि कसरी चल्छ त यतिका मिडिया ? कतिले नेताको खल्तिबाट पैसा पाउँछन् त कतिले चोरी तस्करी गरेको ढाकछोप गर्नका लागि मिडियाको प्रयोग गर्छन । देश कमजोर हुँदाका परिणाम हो यो । कोही पत्रकार आफू नै कानून हो भन्दै प्रहरी तथा सरकारले गर्नुपर्ने कार्य आफै गर्दै हिडेका छन् । पत्रकारले समाजलाई सूचना दिने हो, पुलिसगिरी गर्ने होइन । पत्रकारले खबरदारी गर्ने अथवा सत्य समाचार सम्प्रेसन गर्नुको साटो धम्कितंत्र तथा तस्करीतन्त्रमा सहयोग पुर्याइरहेका छन्।  देशमा राम्रो ब्यबस्था नहुनका यस किसिमको पत्रकारिताले सहयोग पुर्याइरहेको छ।  

राजेश हमाल नेपाली जनमानसका लागि एक आर्दशवान व्यक्तित्व हुन् । उनको व्यक्तित्व अन्य नेपाली कलाकारहरुको भन्दा फरक छ । यिनको दर्जामा तुलना गर्न लायक व्यक्तित्व अन्य कुनै नेपाली कलाकार पुग्न सकेका छैनन्  भन्दा अनुचित नहोला । राजेश जस्तो सुकै परिस्थितीमा पनि आफूलाई सम्हाल्न सक्ने व्यक्ति हुन, त्यसमा कुनै शंका छैन । 

उनलाई कतिले महानायक भएर के केटाकेटीसँग सँग लोकदोहोरीमा नाचिरहेको होला भनी प्रश्न गर्छन त कतिले महानायक भएर के म्युजिक भिडियो खेलेको होला भनेर । तर कलाकारको कला कुनै सिनेमाका लागि मात्र हुन्छ र त्यसको लागि उमेर निर्धारण गरिएको हुन्छ भन्ने कतै छैन् । महानायक राजेश हमाल ज्यू नाँचिरहनुस, हाँसिरहनुस तर अन्तवार्ता दिनु अघि पत्रकारको योग्यता जाँचेर मात्रै अन्तवार्ता दिने गर्नुस् । तपाईको समय समाजमा सकरात्मक परिवर्तन गर्नका लागि आवश्यक छ । नेपालका घरघरमा नेता भए जस्तै गल्ली गल्लीमा पत्रकार छन्।  नेता जस्तै पत्रकारका लागि खासै शैक्षिक योग्यता नचाहिने भएपछि अन्तरबार्ता दिने ब्याक्ति आफैँले पत्रकारको योग्यताको नाडी छाम्नु आवश्यक छ । अन्यथा त्यस्ता ट्यापे सोंच भएका पत्रकारले अरुलाई पनि ट्यापे देख्नु नौलो कुरा होइन । गर्नेलाई भन्दा हेर्ने अनि सुन्नेलाई लाज भनेको यहि हो ।