‘सूर्यवंशी’ रिलिज भएपछि हलमा फर्किए दर्शक

‘सूर्यवंशी’ रिलिज भएपछि हलमा फर्किए दर्शक

काठमाडौं, २० कार्तिक । 
कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि चलचित्र हल सुनसान रहेको नेपालका चलचित्र हलमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भएपछि हलमा दर्शकको उल्लेखनिय सहभागिता भएको छ ।

शुक्रबारबाट रिलिज भएको सूर्यवंशी’ फिल्मले नेपालका देशभर गरेर सयवटा हलमा एकसाथ प्रदर्शनको अवसर पाएको छ । यस अगाडि कुनै पनि विदेशी फिल्मले रिलिजको समयका लागि यतिधेरै अवसर पाएको थिएन ।

यसअघि कोरोनाको दोस्रो लहरपछि असोज २१ गतेबाट चलचित्र हल सञ्चालनमा आएपनि दर्शकहरु हलसम्म पुगेका थिएनन् । निर्माता–निर्देशकहरु पनि चलचित्र रिलिज गर्न डराइरहेका थिए ।

फिल्मले शुक्रबार बिहान राम्रो दर्शक पाउँदै ओपनिङ ब्यवसाय राम्रो गरेको छ भने कतिपय स्थानमा टिकट समेत नपाएर दर्शक फर्किएका थिए । 

रोहित सेट्टीको निर्देशनमा बनेको ‘सूर्यवंशी’मा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका छ ।