चर्चित भारतीय अभिनेता दिलिप कुमारको निधन

चर्चित भारतीय अभिनेता दिलिप कुमारको निधन

ऐजेन्सी, २३ असार । 
चर्चित भारतीय अभिनेता दिलिप कुमारको निधन भएको छ। अभिनेता कुमारको ९८ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे अन्तिम स्वास लिएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

पाँच दशक सिनेमा करियरमा करिब ६० वटा चलचित्रमा अभिनय गरेका दिलिप कुमार बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले समेत चिनिन्थे । 

सन् १९२२ मा ब्रिटिश इंडिया  ९हाल पाकिस्तान ०  मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम भने मोहम्मद युसुफ खान हो । 

पछिल्लो समय उनी गम्भीर विरामी थिए । एक महिनाको बीचमा उनलाई दुईपल्ट अस्पताल भर्ना गर्नुपरेको थियो । दिलिप कुमारको निधनले हिन्दी सिनेमाका एउटा युगको अन्त्य भएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी लगायतका धेरै भारतीय कलाकारले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

दिलिप कुमारले २२ वर्षको उमेरमा चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनले सन् १९४४ मा रिलिज भएको ज्वारभाटा नामक चलचित्रमा उनले पहिलोपल्ट काम गरेका हुन् ।