तेजस्वी बनिन् बिग बोस १५ को विजेता, पाइन् ट्रफीसँगै ४० लाख

तेजस्वी बनिन् बिग बोस १५ को विजेता, पाइन् ट्रफीसँगै ४० लाख

१७ माघ, काठमाडौं ।
भारतीय टिभी रियालिटी शो ुबिग बोसु को १५ औं सिजनको विजेता तेजस्वी प्रकाश बनेकी छिन्। 

शो जितेपछि तेजस्वीले (बिग बोस-१५) को ट्रफीसँगै ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी हुन्।

सिजनको फस्ट रनरअपका विजेता प्रतीक सहजपाल भएका छन्। अन्तिममा करण कुन्द्रा र निशान्त भट्टसहित चारजना प्रतियोगी थिए । तर, निशान्तले विकल्पमा १० लाख रुपैयाँ नगद दिएर शो छोडेका थिए।