निफको पाँचौ संस्करण चैत दोस्रो साता हुने

निफको पाँचौ संस्करण चैत दोस्रो साता हुने

११ माघ, माठमाडौं । 
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको यस वर्षको संस्करण ‘निफ २०२२’ चैत १० देखि हुने भएको छ । निफको पाचौं संस्करण चैत १० गतेदेखि चैत १४ गतेसम्म काठमाडौंमा हुन लागेको हो ।

महोत्सवका लागि निफ चलचित्र छनौट समितिले ३८ देशको ८९ वटा फिल्महरु छनोट गरेको छ । महोत्सवका लागि ५५ देशबाट चार सय भन्दा धेरै चलचित्रहरु प्रदर्शनका लागि आएका थिए ।

‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना हुन लागेको यो संस्करणमा फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको छ ।

महोसत्वमा अन्तराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर पुरस्कार राशिको गौतमबुद्ध अवार्ड र राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्मको प्रतिस्पर्धाबाट एउटालाई अन्तराष्ट्रिय फिल्म समाजले प्रदान गर्ने ‘आइएफएफएस डन किहोटे अवार्ड’ प्रदान गरिनेछ । यस्तै, यसवर्षबाट पचास हजार नगद पुरस्कारसहितको उत्कृष्ट डकुमेन्ट्री अवार्ड पनि प्रदान हुनेछ ।

यी बाहेक महोत्सवमा सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलरको बागमती अवार्डलगायतका अवार्डहरु प्रदान गरिनेछ ।