राज कुन्द्रा प्रकरण: प्रहरीले शर्लिन चोपडालाई सोधपुछका लागि बोलायो

राज कुन्द्रा प्रकरण: प्रहरीले शर्लिन चोपडालाई सोधपुछका लागि बोलायो

काठमाडौं, २३ साउन । 
पोर्न चलचित्र निर्माण गरेपछि पक्राउ परी प्रहरी हिराशतमा रहेका राज कुन्द्राको घटनाबारे अनुसन्धान  गर्न सोधपुछका लागि अभिनेत्री शर्लिन चोपडालाई बोलाइएको छ ।

यस मामिलामा अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा न्यायिक हिरासतमा छन् ।

उनले राज कुन्द्राको कम्पनी ‘आर्म्सप्राइम मिडिया’सँग करार गरेकी थिइन् । करार अन्तरगत भारतभन्दा बाहिर रहेका कम्पनीका केही एपलाई अश्लीलल सामग्री उपलब्ध गराइन्थ्यो ।

शर्लिनले पनि राज कुन्द्रामाथि विभिन्न आरोप लगाएकी थिइन् । शर्लिनका अनुसार राज कुन्द्राले उनलाई वयस्क फिल्म क्षेत्रमा धकेलेका हुन् । राजले नै उनलाई वयस्क फिल्ममा काम गर्न भनेका थिए । सबैभन्दा पहिलो एउटा रोलका लागि शर्लिन एप्रोच गरिएको र पछि वयस्क सामग्री निर्माण गर्ने अफर गरिएको थियो । राजले उनलाई 'हटसट' एपका लागि सुटिङ गर्न भनेको तर त्यसलाई शर्लिनले अस्वीकार गरेको बताएकी छन् ।

शर्लिनले अप्रिल २०२१ मा राजविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् । राज हाल १४ दिनका लागि न्यायिक हिरासतमा छन् । उनलाई अदालतले २८ जुलाईमा जमानत दिन अस्वीकार गरेको थियो ।

शर्लिनका अनुसार राज २७ मार्च २०१९ मा उनको घर आएका थिए । राजले उनीमाथि जबरजस्ती गरेको पनि आरोप लगाएकी छन् । शर्लिनले राजलाई विवाहित पुरुषसँग सम्बन्ध नराख्ने र व्यवसायलाई निजी जीवनसँग नमिसाउने बताएको दाबी गरेकी छन् । जवाफमा राजले आफ्नो पत्नी शिल्पासँग सम्बन्ध बिग्रिएको र घरमा तनाव रहेको बताएको पनि शर्लिनको दाबी छ ।