भारतकै पहिलो हवाई एक्सन फिल्म बन्दै 'फाइटर'

भारतकै पहिलो हवाई एक्सन फिल्म बन्दै 'फाइटर'

ऐजेज्सी, २५ असार । 
३० सेप्टेम्बर २०२२ मा रिलिज हुने बताइएको छ भारतीय फिल्म फाइटर भारतको पहिलो हवाई एक्सन हुने निर्माण पक्षले दावी गरेको छ । 

फिल्ममा ऋतिकको जोडीका रुपमा दीपिका पादुकोण देखिने भएकी छन् । ऋतिक र दीपिका पहिलो पटक जोडीका रुपमा यो फिल्ममा देखिन लागेका हुन् । 

फिल्म वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र अंकु पाण्डेले निर्माण गर्न लागेका हुन् ।

विश्वका कयौ लोकेशनमा खिचिने बताइएको फिल्मको कथा सशस्त्र सेनाको देशप्रेम, त्यग र विरतामा आधारित रहनेछ ।

ग्लोबल अडियन्सका लागि बनिरहेको यो फिल्म विश्वका अलग–अलग स्थानमा छायांकन गरिनेछ ।