हिमालय रोडिजको चौथो सिजन सुरु

हिमालय रोडिजको चौथो सिजन सुरु

काठमाडौं, ३० साउन ।
हिमालय टेलिभिजनमा प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु भएको छ ।

शुक्रबार आयोजकले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै हिमालय रोडिजको चौथो सिजनका अडिसन सुरु भएको जानकारी दिएको छ । कोरोना महामारीका कारण यस सिजनको अडिसन भने डिजिटल माध्यमबाट सुरु गरिएको छ। 

आयोजकले दिएको जानकारी अनुसार  ‘सिजन अफ सर्भाइभल’ नाराससहित सुरु भएको रोडिजमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् । त्यस्तै दुई साता अडिसनका लागि समय दिइएको छ ।

तेस्रो सिजन सम्म अमनप्रताप अधिकारीको निर्देशन रहेको हिमालय रोडिजको अहिले भने सिमोस सुनुवारले निर्देशन गर्दै छन् ।

उक्त प्रतियोगितामा अनुपविक्रम शाही, दीया मास्के, आशिष राना लाउरे र समन श्रेष्ठ निर्णायक रहने शोको होस्ट रेमनदास श्रेष्ठ रहनेछन् । सोको प्रसारण असोजको पहिलो साताबाट हुने आयोजकले जनाएको छ ।