गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपुर, १६ कार्तिक ।

गैँडाको आक्रमणबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ ।

नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँका ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

आज बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले बताए ।

उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताए ।