बन्ने भयो मिस्टर डनको सिक्वेल, राजेशपायलले गाए ‘बग्यो त्रिशुली’

बन्ने भयो मिस्टर डनको सिक्वेल, राजेशपायलले गाए ‘बग्यो त्रिशुली’

काठमाडौं, ३० साउन । 
डेढ दशक पहिले बनेको फिल्म  ‘मिस्टर डन’  सिक्वेल ‘डन २’ निर्माण हुने भएको छ ।

उक्त फिल्ममा समावेश हुने गीत ‘बग्यो त्रिशुली’को शुक्रबार गीत रेकर्ड समेत गरिएको छ। गीतमा गायक राजेशपायल राईको स्वर रहेको छ ।

हरी उप्रेतीको शब्द र विकास चौधरीको संगीत रहेको उक्त गीत पुतलीसडकस्थित मिरा साउण्ड रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

डेढ दशक पहिले निर्माता तथा निर्देशक दिनेश पाख्रिनले बनाउको  ‘मिस्टर डन’  सिक्वेल ‘डन २’ पनि उनले नै निर्माण निर्माण गर्न लागेका हुन् ।