अभिषेक बच्चनले भाञ्जाको जन्मदिनमा भने ‘मामाको जुत्ता–कपडा लिन बन्द गर’

अभिषेक बच्चनले भाञ्जाको जन्मदिनमा भने ‘मामाको जुत्ता–कपडा लिन बन्द गर’

८ मंसिर, काठमाडौं । 
बलिउड अभिनेता अभिषेक बच्चनका भाञ्जा अगस्त्य नन्दा आज आफ्नो जन्मदिन मनाइरहेका छन् । अगस्त्य २१ वर्ष पुगेका छन् । 

भाञ्जाको जन्मदिनको अवसरमा मामा अभिषेक बच्चनले अगस्त्यको वाल्यकालको फोटो सेयर गरेर उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

अभिषेकले अगस्त्यको फोटो सेयर गरेर एउटा नोट पनि लेखेका छन् । फोटोको क्याप्सनमा उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना अगस्त्य । तपाईं कत्ति राम्रो, दयालु, मायालु, जिम्मेवार, प्रोटेक्टिभ र केयर गर्ने खालको बन्नुभएको छ । अब तपाईं आधिकारिक रुपमा युवक बन्नुभएको छ । कृपया मामाको कपडा र जुत्ता लिन बन्न गर्नुहोस्, अब आफैं किन्नुहोस् ।’