भित्री वस्त्रको साइजबारे बोल्दा श्वेता तिवारी बनिन् ट्रोलको शिकार

भित्री वस्त्रको साइजबारे बोल्दा श्वेता तिवारी बनिन् ट्रोलको शिकार

१५ माघ, काठमाडौं । 
भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेक छिन् । 

केहि दिनअघि आफ्नो वेब शोसँग जोडिएको एक कार्यक्रमका लागि भोपाल पुगेकी  श्वेताले आफ्नो ब्रा भित्री वस्त्र बारे बोल्दा आलोचित सँगै ट्रोलको शिकार बनेकी हुन् । ‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ’, उनले भनेकी थिइन् । 

उनको यो भनाई अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रालाई भगवानसँग जोडेको भन्दै उनको ट्रोल बनाउने क्रम सुरु भएको हो। 

श्वेतासँगै उक्त कार्यक्रममा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए । 

सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भोपालको प्रहरी प्रमुख मकरन्द देवस्कारलाई यो मामलामा रिपोर्ट बुझाउन भनेका छन् ।

श्वेता तिवारी पछिल्लो केही वर्षयता निरन्तर विवादमा तानिएकी छन् ।