सुटिङमा रहेकी आलिया सँग शाहरुख खानले मागे काम

सुटिङमा रहेकी आलिया सँग शाहरुख खानले मागे  काम

ऐजेन्सी, २१ असार । 
भारतीय अभिनेता शाहरुख खानले अभिनेत्री आलिया भट्टसँग काम मागेका छन् । 

हालै फिल्म ‘डार्लिंग’को सुटिङ सुरु गरेकी आलियासँग शाहरुख खानले काम दिनका लागि आग्रह गरेका हुन्।

गत शनिबार आलियाले छायांकनको तयारी गरिरहेको फोटो राखेर ‘डार्लिङ्स’को काम सुरु भएको खुसी ट्विटरमा सेयर गरेकी थिइन्। आलियाको उक्त ट्विटमा रिपोस्ट गर्दै अभिनेता शाहरुख खानले आफ्नो लागि काम मागेका हुन्

‘‘यो फिल्म पछि आफ्नो अर्को प्रोजेक्टमा मलाई लिनु लिटिल वान, शाहरुखले लेखेका छन्, म छायाङ्कनमा समयमा आउँछु र प्रोफेसनल रहन्छु । बाचा ।’

शाहरुखले रमाइलो शैलीको ट्विट देखेर आलियाले पनि रमाइलो जवाफ दिएकी छन्। उनले हाँस्दै शाहरुखलाई आफ्नो काममा लिने सम्झौता भएको जानकारी दिएकी छिन्। 

नयाँ फिल्म ‘डार्लिङ्स’ आलियाको प्रोडक्सन हाउस इटरनल सनसाइन र शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टको सह–निर्माणमा बन्न लागेको हो। 

जसमित के रिनद्वारा निर्देशित यो फिल्ममा आलिया भट्ट, शेफाली शाह, विजय शर्मा र रोशन मैथ्यूको मुख्य भूमिका छ।