इमरान हाशमीको खुलासा: 'दीपिका र कटरीनासँग रोमान्स गर्न चाहान्थे'

इमरान हाशमीको खुलासा: 'दीपिका र कटरीनासँग रोमान्स गर्न चाहान्थे'

काठमाडौं, ९ भदौं ।
बलिउड अभिनेता इमरान हाशमी नयाँ कुरा खुलासा गरेका छन् । 

हिजआज आफ्नो आगामी थ्रिलर फिल्म ‘चेहरे’को रिलिजको प्रतिक्षामा रहेको इमरान पहिलोपटक अमिताभ बच्चनका साथ स्क्रिन शेयर गर्दैछन्। यो फिल्ममा  अमिताभका साथ काम गर्न पाउनु आफ्नो सपना पुरा भएको इमरान बताएका छन् । 

एक भारतीय मिडियामा कुराकानीका क्रममा उनले बलिउडका चर्चित दुई अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गर्न चाहाना भएको बताएका हुन् । इमरानको यो चाहना पुरा गर्ने मौका हालसम्म नमिलेको उनले बताएका छन् । 

इमरानले  दीपिका पादुकोण र कटरीना कैफसँग अनस्क्रिन रोमान्स गर्न चाहेको खुलासा गरेका छन् । 

आनन्द पण्डित मोशन पिक्चर्सको फिल्म ‘चेहरे’मा अमिताभ र इमरानका अलावा रघुवीर यादव, सिद्धान्त कपूर, क्रिस्टल डिसूजा, अन्नू कपूर र रिया चक्रवर्तीको अभिनय छ ।