होलीको अवसरमा भृकुटिमण्डपमा बालेनसहित भिटेन लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिने

होलीको अवसरमा भृकुटिमण्डपमा बालेनसहित भिटेन लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिने

२ चैत, काठमाडौं । 
होलीको अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । 

भोली बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा काठमाडौं महागनरपालिकाबाट आगामी स्थानीय निर्वाचनमा मेयरको स्वतन्त्र उम्मेदवार घोषणा गरेका 'बालेन शाह' ले समेत प्रस्तुति दिन लागेको आयोजकले जनाएको छ ।

एएमए इभेन्टस्का अनुसार विशेष सांगीतिक कार्यक्रममा शाहसहित चर्चित र्यापर भिटेन, मिस्टर डी, सरकार र माइलालगायतले सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।