आरआरआर त्रास: एक सातापछि धकेलियो ‘हेल्लो जिन्दगी’

आरआरआर त्रास: एक सातापछि धकेलियो  ‘हेल्लो जिन्दगी’

२ चैत, काठमाडौं । 
११ चैत्रमा रिलिज हुने तरखरमा रहेको चलचित्र  ‘हेल्लो जिन्दगी’को रिलिज मिति परिवर्तन भएको छ ।  

सउथ फिल्म ‘आरआरआर’ ११ चैत्रमा आउने भएपछि चलचित्रको प्रदर्शन मिति सरेर १८ चैत्र पुगेको हो ।  

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा विक्रम डि जोशी, दीपिका प्रसाई, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्मको सम्पूर्ण छायाङ्कन बेलायतमा भएको हो ।

सत्य घटनाबाट प्रभावित यस चलचित्रको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी हुन्, भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह–निर्मात्रीमा सविता गुरुङ रहेकी छन् ।