बलिउड लागुऔषध प्रकरण: प्रहरीले छापापछि अभिनेत्री अनन्याले गुमाइन् हातको फिल्म

बलिउड लागुऔषध प्रकरण: प्रहरीले छापापछि अभिनेत्री अनन्याले गुमाइन् हातको फिल्म

काठमाडौं, १० कार्तिक । 
बलिउडमा अहिले सर्वाधिक चर्चामा रहेको लागुऔषध प्रकरणमा एकपछि अर्काे रहस्य खुल्ने क्रम जारी रहेको छ । सोही अवसरमा  भारतीय नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको थियो।

क्रुज शीपको ड्रग्स पार्टीमा पक्राउ परेका शाहरुख खानको छोरा आर्यन खान पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रहरीले अघिल्लो साता अनन्याको घरमा प्रहरी छापा मारेको हो । आर्यनको नजिकको साथी रहेकी अनन्यालाई एनसीबीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएका हुन्।

सोधपुछमा एनसीबीले अनन्या र आर्यनबीच ह्वाट्सएप च्याट पनि हेरेका थिए। च्याटमा उनीहरुबीच लागुऔषधबारे कुराकानी भएको देखिएको थियो। आर्यनले उनका लागि लागुऔषध मिलाउन मिल्छ भनी सोधेका छन्, जसको जवाफमा अनन्याले ‘आफू प्रयास गर्ने’ बताएकी थिइन्। सोधपुछकै क्रममा अनन्याले दुई वर्षअघि आर्यनका लागि गाँजा मिलाउने काम गरेको बताएकी छन्।

लागुऔषध प्रकरणमा आर्यनसँग अनन्याको पनि सम्बन्ध देखिएपछि उनले आफ्नो हातबाट नयाँ फिल्म खेल्ने मौका गुमाएकी छिन्। भारतीय मिडियाले उल्लेख गरेअनुसार अनन्याले दक्षिण भारतका सुपरस्टार अभिनेता विजयसँग नयाँ फिल्म ‘थालपथी ६६’मा अभिनय गर्ने कुरा थियो।

फिल्ममा उनको महत्वपूर्ण भूमिका रहेको बताइएको थियो, तर अब भने अनन्यालाई सो फिल्मबाट हटाइएको छ।