सलमान नेपाल आउदा १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन आयोजकको माग

सलमान नेपाल आउदा १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन आयोजकको माग

२७ चैत, काठमाडौं । 
नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानको सुरक्षाको लागि आयोजकले सरकारसँग १५ सय जना सुरक्षाकर्मी माग गरेको छ ।

कन्सर्टका लागि नेपाल आउन लागेको सलमानको सुरक्षामा सेक्युरिटी फर्मका ७०० सेक्युरिटी गार्ड र २०० स्वयंसेवक परिचालन हुने आयोजकले जनाएको छ । 

जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ रिलोडेड टुर’का लागि काठमाडौं आउन लागेको सलमानको व्यक्तिगत सुरक्षा भने मुम्बईबाटै आउने उनका अंगरक्षकले गर्नेछन् ।