आमिर र करिनाको ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा सार्वजनिक हुने

आमिर र करिनाको ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा सार्वजनिक हुने

५ मंसिर, काठमाडौं । 
बलिउडका सुपरस्टार आमिर खानको बहुप्रतीक्षित चलचित्र ‘लाल सिंह चड्डा’ को प्रदर्शन मिति तय भएको छ ।

आमिर खान प्रोडक्सन तथा वायकम-१८ स्टुडियोले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी अप्रिल १४ का दिन प्रदर्शन मिति घोषणा गरेका हुन् ।

आमिर खान र किरण रावको निर्माण तथा वायकम-१८ स्टुडियोको प्रस्तुति रहेको ‘लाल सिंह चड्डा’को अद्वेत चन्दनले निर्देशन गरेका छन् ।

यो फिल्ममा आमिर र करिना कपुरको मुख्य भूमिका रहेको छ । यसअघि यी दुईले बहुचर्चित फिल्म ‘थ्री इडियट्स’मा  जोडीको रुपमा अभिनय गरिसकेका छन् ।

‘लाल सिंह चड्डा’मा प्रीतमको संगीत छ भने अमिताम भट्टाचार्यले गीत लेखेका छन् ।