मिस वर्ल्डको ताज ल्याउने लक्ष्यसहित अमेरिका उडिन् नम्रता

मिस वर्ल्डको ताज ल्याउने लक्ष्यसहित अमेरिका उडिन् नम्रता

५ मंसिर, काठमाडौं । 
मिस नेपाल नम्रता श्रेष्ठ ‘मिस वर्ल्ड’ मा सहभागिता जनाउन अमेरिका उडेकी छन् ।  

१६ डिसेम्बरमा अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने  ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न नम्रता शनिबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । 

नम्रतालाई मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार लगायतले उनलाई त्रिभुवन विमानस्थल बिदाई गरेका थिए ।

मिस वर्ल्डका लागि नम्रताले दुई भिडियोसमेत तयार पारेकी छन्। एक भिडियोमा उनको परिचय रहेको छ भने दोस्रोमा  विधाका लागि तयार पारेकी हुन् । ब्युटी विथ पर्पसका लागि उनले धादिङमा निर्माण गरेको झोलुंगे पुलको बारेमा बनाएकी छन् ।

त्रिभुवन विमानस्थलमा अमेरिका उड्नु अगाडि श्रेष्ठले यो पटक ‘मिस वर्ल्ड’ को ताज नेपाल ल्याउने आफ्नो लक्ष्य रहेको  बताइन्।