आमिर खानको ‘लाल सिंह चड्डा’ को रिलिज मिति सर्योे, १४ अप्रिलमा रिलिज नहुने

आमिर खानको  ‘लाल सिंह चड्डा’ को रिलिज मिति सर्योे, १४ अप्रिलमा रिलिज नहुने

३ माघ, काठमाडौं । 
बलिउड अभिनेता आमिर खानको बहुप्रतिक्षित चलचित्र ‘लाल सिंह चड्डा’ १४ अप्रिल अर्थात् वैशाख १ गते रिलिज नहुने भएको छ ।

चलचित्र ११ अगस्ट २०२२ मा सिनेमाघरहरूमा रिलिज हुने भएको छ ।

निर्माण कम्पनी आमिर खान प्रोडक्सनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिइएको हो। विज्ञप्तीमा उल्लेख छ, 'हामी लाल सिंह चड्डा १४ अप्रिलको सट्टा ११ अगस्टमा रिलिज हुने घोषणा गर्दैछौँ । हाम्रो फिल्म अझै तयार नभएकाले हामीले यो निर्णय गरेका हौँ ।'

यस चलचित्रमा आमिरसँगै करिना कपुर खान र नागा चैतन्य पनि देखिनेछन् ।

‘लाल सिंह चड्डा’लाई अद्वेत चन्दनले निर्देशन गरेका छन् । यो चलचित्र ओस्कार विजेता हलिउड चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो ।

‘लाल सिंह चड्डा’मा भारतको पाँच दशकभन्दा बढीको इतिहासलाई देखाउने प्रयास गरिएको छ ।