पुजा र आकाशको 'सम्झना बिर्सना' असार ३१ मा सार्वजनिक हुने

पुजा र आकाशको 'सम्झना बिर्सना' असार ३१ मा सार्वजनिक हुने

२४ जेठ, काठमाडौं । 
अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र  'सम्झना बिर्सना' को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि जेठ ६ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्रलाई अब ३१ असारको लागि प्रदर्शन घोषणा गरिएको हो । 

चलचित्रलाई निमेष प्रधानले निर्देशन गर्नुभएको हो भने अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको सिनेमामा पूजा, आकाशका अलवा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।

निर्देशक निमेषकै कथा, पटकथा रहेको चलचित्रमा अभिनेता राणाको  संवाद लेखन रहेका छ । 

चलचित्रलाई शिव ढकालले खिचेका हुन्। आदित्य फिल्म्स्को प्रस्तुति रहेको सिनेमाको क्रिएटिभ हेड स्वर्गीय विशारद बस्नेत हुन् ।

चलचित्रमा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।