कति वर्ष पुगे महानायक हमाल ?

कति वर्ष पुगे महानायक हमाल ?

काठमाडौं, २५ जेठ। 
नेपाली चलचित्र जगतमा करिब तीन दशक बिताइसकेका महानायक राजेश हमालले आज आफ्नो जन्मदिन मनाउदै छन् । 

पिता छुद प्रसाद हमाल र माता रेणु के. सी. हमालको कोखबाट तानसेन पाल्पामा जन्मिएका हमाल हत्तपत्त आफ्नो उमेर भने बताउन चाहादैनन् । विभिन्न अन्तवार्तामा उमेर सोध्दा ठट्यौदी शैलीमा जवाफ दिने हमाल आज आफ्नो कति औँ जन्मदिन मनाउदै छन् त?

विकीपिडियामा भएको जानकारी अनुसार सन् १९६४ सालमा जन्मीएका हमाल आज आफ्नो ५७ औँ जन्मउत्सव मनाउदै छन् । 

नेपाली चलचित्रका सर्वाधिक चर्चित सफल नायक हमालले सन १९९१ मा आफ्नो पहिलो चलचित्र  ‘यूगदेखि यूगसम्म’ बाट करिअर सुरु गरेका हुन् । सन् १९९० र २००० को दशकमा एक हिसावले एकछत्र राज नै गरे भन्दा फरक नपर्ला ।  ‘यूगदेखि यूगसम्म चलचित्रमा काम गरेपछि हमालले कहिले पनि करिअरलाई फर्किएर हेर्नु परेन ।

महानायक हमालले अभिनय गरेका ‘देउता, भाउजु, साथी, अल्लारे, गाउँले, अजम्बरी नाता, ढुकढुकी, बसन्ती, हामी तिन भाई’ लगायतका चलचित्र सफल मानिन्छन् । यसबाहेक उनीले मोडल र टि. भि. होस्टको भुमिका पनि निभाएका छन् । 

खासै विवादमा नआएका हमाल लगनशिल, बौद्धिक, नरिसाउने, हरेका मानिसलाई उत्तिकै सम्मान गर्ने तथा सामाजिक विषयवस्तुमा तार्किक कुरा राख्न सक्ने क्ष्मताका कारण उनलाई दर्शकको माया कहिल्यै कमी भएन । 

२०० बढी चलचित्रमा अभिनय गरिसकेको नायक हमाललाई १४ बर्ष अगाडि ‘महानायक’को उपाधी दिइएको थियो । यसपछि उनलाई दर्शक र मिडियाले ‘महानायक’को रुपमा सम्बोधन गर्ने गरेका छन् ।

४ बर्ष अगाडि चलचित्र ‘शकुन्तला’मा काम गरेर असफल भएपछि राजेश हमालले नयाँ चलचित्रमा काम गरेका छैनन् । 

प्रेम सम्बन्धपछि मधु भट्टराइसँग बिहे गरेर राजेश हमाल विगत केही बर्षयता घरयासी जीवनमा बढी व्यस्त छन् भने विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छन् । 

नेपाली चलचित्रमा सदावहार नायक राजेश हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना ।