भारतीय क्रिकेटको कथा बोकेको चलचित्र ‘८३’ को एक मिनेटमै १५ हजार प्रति टिकट बिक्री

भारतीय क्रिकेटको कथा बोकेको चलचित्र  ‘८३’ को एक मिनेटमै १५ हजार प्रति टिकट बिक्री

५ पुस, ऐजेन्सी । 
भारतीय क्रिकेटको कथा बोकेको बलिउड चलचित्र  ‘८३’ को टिकट एक मिनेटमै १५ हजार प्रति बिक्री भएको छ ।

यो सिनेमामा सन् १९८३ मा भारतीय क्रिकेट टिमले विश्वकप जितेको विषयलाई बोकेको छ । सिनेमामा रणवीर सिंह, दीपिका पादुकोण, एमी विर्क, हार्डी संधु, पंकज त्रिपाठी, जतिन सरनाजस्ता कलाकारले अभिनय गरेका छन् ।

हालै रिलिज भएका चलचित्र ‘पुष्पा’ र ‘स्पाइडरमेन’ले बक्स अफिसमा हरियो झण्डा गाडिसकेको छन् । चलचित्र  ‘८३’ र ‘जर्सी’ रिलिजको तयारीमा छन् ।

अधिकांश चलचित्रमा दर्शकको क्रेज जबरदस्त छ ।  त्यहीकारण निर्माताहरूलाई फिल्म ‘८३’प्रति ठूलो आशा छ । यो सिनेमाको लागि एड्भान्स बुकिङ सुरू भइसकेको छ । बुकिङ अनुपात आफैमा उत्साहजनक देखिएको छ ।

आइतबारबाट चलचित्रको एड्भान्स बुकिङ खुलेको हो । एड्भान्स बुकिङको ट्रेण्ड हेर्दा चलचित्रले बुकबाट नै करिब १० करोड अधिक कमाउने विश्लेषकहरूको अनुमान छ । 

चलचित्र क्रिसमसको अघिल्लो दिन रिलिज हुँदैछ ।