बेल बटमकी अभिनेत्री वाणी, जो नायिका बन्नुअघि होटलमा काम गर्थिन्

बेल बटमकी अभिनेत्री वाणी, जो नायिका बन्नुअघि होटलमा काम गर्थिन्

ऐजेन्सी, १५ भदौं । 
हालै सार्वजनिक भएको अक्षय कुमारको हिन्दी फिल्म बेल बटमले उत्साहजनक कमाइ गर्न नसकेपनि फिल्म त्यस फिल्मको कथावस्तु र पात्रहरुले भने सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

अक्षय कुमार, वाणी कपुर, लारा दत्ता र हुमा कुरैसीको मुख्य अभिनय रहेको बेल बटमकी अभिनेत्री वाणी हाल यही फिल्मका कारण चर्चामा छिन्। 

गत सोमबार उनको जन्मदिनको अवसरमा भारतीय मिडियाले वाणीको जीवनका जानकारीहरु बाहिर ल्याएको थियो। भारतीय मिडिया डिएनएका अनुसार वाणी पारिवारिक पृष्ठभूमि फिल्म क्षेत्र थिएन। नयाँ दिल्लीमा हुर्किएकी उनीसँग थिएटर वा अन्य ठाउँमा अभिनय गरेको अनुभव पनि थिएन। सामान्य परिवारबाट आएकी वाणीले टुरिज्म स्टडिजमा स्नातक गरेकी छिन् भने उनकी आमा शिक्षिका र बुबा फर्निचर निर्यात उद्यमी हुन्।

अभिनयमा लाग्नुअघि उनी होटलहरुमा काम गर्थिन्। पढाइपछि उनले जयपुरको ‘ओबराय होटल्स एन्ड रिसोर्ट’मा काम गरेकी थिइन्। त्यसलगतै उनले आइटिसी होटलमा पनि काम गरिन्।

होटलमा काम गरेकै समयतिर उनले एक मोडल एजेन्सीमा आफ्नो नाम दर्ता गराएकी थिइन्। त्यसपछि उनी मोडलिङ गर्दै अभिनय क्षेत्रमा आइपुगेकी हुन्। उनले सन् २०१३ मा सुशान्त सिंह राजपुत र परिणिती चोपडासँग ‘शुद्ध देसी रोमान्स’ फिल्मबाट डेब्यु गरिन्। फिल्ममा उनको अभिनय धेरैले मन पराएका थिए।

सुखद रुपमा करिअर  अघि बढाइरहेकी वाणीले पछिल्लो समय थुप्रै फिल्महरुमा काम गरिसकेकी छन्। आठ वर्षको फिल्म करियरमा उनले हृतिक रोशन, रणवीर सिंह, अक्षय कुमार र टाइगर श्राफजस्ता स्थापित अभिनेतासँग काम गरिसकेकी छन्। उ

हाल उनी नयाँ फिल्म ‘समसेरा’को तयारीमा छिन्। फिल्ममा उनीसँगै अभिनेता रणवीर कपुर र सञ्जय दत्त मुख्य भूमिकामा देखिने छन्।