मनोज पण्डितले निर्देशन गरेका चलचित्र 'एक' को ट्रेलर सार्वजनिक, डिजिटल माध्यममा सार्वजनिक हुने

मनोज पण्डितले निर्देशन गरेका चलचित्र 'एक' को ट्रेलर सार्वजनिक, डिजिटल माध्यममा सार्वजनिक हुने

काठमाडौं, १४ भदौं । 
चलचित्र निर्देशक मनोज पण्डित द्वारा निर्देशित चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ ।

कोरोना महामारीका कारण सिनेमा हल खुल्न नसकेपछि आउदो असोज २१ गते घटस्थापनाको दिनदेखि डिजिटल प्लेटफर्ममा चलचित्र सार्वजनिक हुने निमार्ण पक्षले जानकारी दिएको छ । 

कृष्ण जन्माष्टमीको अवसरमा ट्रेलर सार्वजनिक भएको उक्त चलचित्र सिनेमा घर एप,  नेट टिभी, म्याक्स टिभी, डिसहोमको च्यानल ५५५, ओहो मूभिजबाट अनलाईन माध्यममा सार्वजनिक हुने जनाइएको छ । 

आज सार्वजनिक भएको दुई मिनेट ११ सेकेन्ड लामो ट्रेलरमा राष्ट्रिय एकतालाई मुख्य मुद्दाका रुपमा उठाएको छ । ट्रेलरमा राजनीतिमार्फत देश टुक्राउन लागि परेका विरुद्धको कथा प्रस्तुत गरिएको छ । 

चलचित्र लेखन र निर्देशन मनोज पडिण्तले गरेको हुन् भने चलचित्रमा विशाल पोख्रेर, प्रमोद अग्रहरी, प्रमोद खड्का लगायतका कलाकारको अभिनय गरेका छन् । 

आत्मा गुरागाई र सोफिया थापाले निमार्ण गरेको उक्त चलचित्र भरतमणिले इडिट गरेका हुन् ।

https://www.youtube.com/watch?v=UoTD-lu7iKY