‘आरआरआर’ ले नेपाली बक्स अफिसमा कमायो १२ करोड

‘आरआरआर’ ले नेपाली बक्स अफिसमा कमायो १२ करोड

२७ चैत, काठमाडौं । 
बलिउडका सर्वाधिक सफल निर्देशक एसएस राजामौली निर्देशिन गरेको दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ले नेपाली बक्स अफिसमा १२ करोड बढि कमाइ गरेको छ । 

रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको चलचित्रले कोरोना आएयता तीन सातामा यो कीर्तिमानी कमाइ गरेको हो । यो कारोबार कोरोना महामारीयताकै उच्च हो ।

यसअघि राजामौली निर्देशित ‘बाहुबली-२’ले नेपालमा २३ करोड बढि कमाइ गरेको रेकर्ड छ ।

वैशाख १ गते रिलिज तयारीमा रहेको फिल्म ‘केजीएफ च्याप्टर २’ले ‘आरआरआर’को रेकर्डलाई तोड्ला या ए मेरो हजुर ४ का सामुन्ने निरिह बन्ने हो, त्यो समयले देखाउला ।