रमजानमा पाकिस्तानले खोल्ने भयो मस्जिद, सामूहिक नमाज पनि हुने

रमजानमा पाकिस्तानले खोल्ने भयो मस्जिद, सामूहिक नमाज पनि हुने

८ वैशाख, ऐजेन्सी । 
पाकिस्तान सरकारले मुस्लिम समुदायको प्रमुख पर्व रमजानमा मस्जिदहरू खुला गर्ने र सामूहिक नमाज पढ्न दिने भएको छ ।

यही साता विश्वभर रमजानको महिना सुरु हुनेछ । रमजानको महिनामा साँझ मुसलमान मस्जिदमा एकसाथ नमाज पढ्ने प्रचलन छ । 

पाकिस्तान सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन मस्जिदमा समूहमा नमाज पढ्न रोक लगाएको थियो तर उसले आफ्नो निर्णय फिर्ता लिदै विभिन्न सर्तमा नमाज पढ्न दिने भएको छ हो ।

धार्मिक नेताहरूबीच भएको सहमति अनुसार अब ५० वर्ष कटेका, बच्चा र फ्लूको लक्षण भएकाहरूलाई मस्जिदमा आउन दिइने छैन । मस्जिदको कार्पेट हटाइनेछ र फ्लोर हरेक दिन सफा गरिनेछ । नमाज पढ्न आउनेहरूबीच उचित दुरी कायम गरिनेछ र फेस मास्क पनि लगाउन सकिने सर्त कायम भएको छ ।

मस्जिदमा हात मिलाउन र अङ्कमाल गर्न पनि रोक लगाइएको छ ।