गायक शिव परियार लेख्छन्, ‘समग्र कलाकार कै नाक काटियो’

गायक शिव परियार लेख्छन्, ‘समग्र कलाकार कै नाक काटियो’

१२ फागुन, काठमाडौं । 
गायक शिव परियारले पछिल्लो समय चर्चामा रहेको खबरले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् ।

अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले अहिले उनको खोजी गरिरहेको छ । एक १७ वर्षीया गायिकाले बुधवार प्रहरीमा बलात्कारको जाहेरी दिएपछि उनको खोजी भइरहेको हो । उक्त घटनाका विषयमा अहिले सामाजिक सञ्जालमा पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । 

‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुसीले गद्गद होला, एउटा पक्ष दुखाइले भतभती होला तर समग्रमा भन्दा यो सारा कुराले चैँ समाजको नजरमा हाम्रो सङ्गीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकार कै नाक काटिएको छ है।’, परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कलाहरूको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला सङ्गीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ ।’