मिडिया एक्सन नेपालको नयाँ कार्यसमिति, लुम्बिनी प्रदेशको संयोजकमा कान्तिपुरकर्मी पौडेल

मिडिया एक्सन नेपालको नयाँ कार्यसमिति, लुम्बिनी प्रदेशको संयोजकमा कान्तिपुरकर्मी पौडेल

काठमाडौं, १६ फागुन ।  
अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचनातथा संचार क्षेत्रमाकार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमाआगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन। 

शनिबार सम्पन्नभएको मिडिया एक्सन नेपालको पाँचौं वार्षिक साधारण सभातथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा७ सदस्यीयकार्यसमिति चयन भएको हो ।

सो अवसरमा आयोजित छलफल कार्यक्रममावरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्षतथ्य समाचारलाई प्राथमिकतादिई समाचार सम्प्रेषण गर्नुपनेमा जोड दिए । उनले मिडियाबाट हुने कमीकमजोरीलाई आत्मसाथगर्दै सुधार गर्नुपर्ने बताए ।यसैगरी प्रेस काउन्सिलकापूर्व अध्यक्षएवं वरिष्ठ अधिवक्ताबोर्ण बहादुर कार्कीले पत्रकारिता क्षेत्रमाविकृति बढ्दै गएको र यसलाई सुधार्नका लागिनियमन गर्ने संस्था त छँदैछ त्यसबाहेक पत्रकार स्वयंले पनिजिम्मेवारी र उत्तरदायित्वबहन गर्नुपर्नेमा जोड दिए । उनले मिडिया एक्सन नेपालले पछिल्लो समयमा गरेको मिडियासम्बन्धी अनुसन्धानले यस क्षेत्रमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

यसैगरी प्रेस काउन्सिलकाप्रमुखकार्यकारी अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहितामा रहेर काम गर्नुपर्ने भएपनिअहिले पनि मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्रीआउने गरेको बताए । उनले कतिपयअनलाइनदर्ता नै नभई सञ्चालनभइरहेको र तिनले दिने सामग्रीनियमन गर्न गाह्रो पर्ने गरेको जानकारी दिए ।उता राष्ट्रिय समाचार समितिकाकार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेतले मिडियामा आउने सामग्रीले सधैं सूचनामात्रनदिई कहिलेकाहीं समाजमाझनै त्रास फैलाउने गरेको बताए। उनले कोरोना महामारीका बेला अनेक खालकामनोमानीहिसाबले सूचनादिंदानागरिक त्रसित बनेको भन्दै इन्फोडेमिकको शिकार हुनपुगेको प्रसंग निकालेका थिए ।आज सम्पन्नअधिवेशनबाट नवनिर्वाचितअध्यक्ष लक्षणदत्त पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायीहुनेपर्ने म्यान्डेट सहित अघि बढेकाले सोहीबमोजिमविभिन्न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रमगर्दै आएको बताए । साथै यस संस्थाले अन्तरािष्ट्रय स्तरमै यस्ता छलफल, नीतिनिर्माणमा समेत सहयोग पुग्ने गरी कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिए ।

आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा, सचिवमाआरती शिल्पकार,कोषाध्यक्षमा दीपा केसी चयन भएका छन्। साथै सदस्यहरुमा यमबहादुर दूरा, गणेश प्रसाद घिमिरे र आशिषमिश्र चयन भएका छन्।संस्थाको सल्लाहकाहरुमावरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधवशर्मा र वरिष्ठ अधिवक्ताएवं प्रेस काउन्सिल नेपालकापूर्व अध्यक्षबोर्णबहादुर कार्की रहेका छन्। त्यसैगरी मानार्थ सदस्यमाअन्तराष्ट्रिय विज्ञहरुलाई राखिएको छ। दुबईको खालिफाविश्वविद्यालयकी डा सादियाजामिल, यूनिभर्सिटी अफ एजुकेसन घानाकी डा गिफ्टी आपिहअदजेइ, डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा वारिश कोबान, युनिभसिंटी अफपिस भेनेजुयलाका डा मारिया टेरेसा, किर्गिस्तानको अनलाइनयुनिभर्सिटीका अध्यक्ष डा इलिरा तुरदुभावे, बंगलादेशकाप्राध्यापक डा जुड विलियमजिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफजर्नालिजम एण्ड कम्युनिकेसनकानिर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स रहेका छन्। यसैगरी संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । 

लुम्बिनी प्रदेशको संयोजकमा पौडेल
संस्थाले लुम्बिनी प्रदेशको संयोजकमा कान्तिपुरकर्मी सन्जु पौडेल चयन भएकी छिन् । लामो समयदेखी पत्रकारितामा सक्रिय पौडेल अहिले कान्तिपुरमा खेलकुद लगायत विविध समसामयिक विधामा कलम चलाइरहेकी छिन् । 

प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमामधुसुदन दवाडी, गण्डकीमा सुनिताआचार्य, कर्णलीमाललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी चयन भएका छन्।