एक सय करोड क्लबमा ‘सूर्यवंशी’

एक सय करोड क्लबमा ‘सूर्यवंशी’

काठमाडौं, २५ कार्तिक ।
निर्देशक रोहित शेट्टीको चलचित्र ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । 

मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो ।

अक्षय कुमार स्टारर चलचित्रले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । चलचित्र उद्योग र व्यापार विश्लेषकलाई यो फिल्म प्रति ठूलो आशा रहिरहँदा उनीहरुको आशालाई फिल्मले सही साबित गरिदिएको छ ।

यो चलचित्र रिलिजको छोटो समयमा नै सय करोड क्लबमा प्रवेश गर्ने चलचित्रमध्ये एक बनेको छ । यो चलचित्रले बक्सअफिसमा कैयौं रेकर्ड पनि कायम गरेको छ ।

यो चलचित्र सन् २०२१ मा सय करोड क्लबमा प्रवेश गर्ने पहिलो भारतीय चलचित्र बनेको छ । सय करोड क्लबमा प्रवेश भएको यो चलचित्र अक्षयको १५ औं फिल्म बनेको छ । जबकी रोहित शेट्टीको नौं औं र कट्रिना कैफको आठ औं चलचित्र बनेको छ ।

यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, सोमबार १४.५१ करोड कमाइ गरेको थियो भने मंगलबार ११.२२ करोडको व्यापार गरेको छ । चलचित्रले हालसम्म भारतीय बक्स अफिसमा १०२.८१ करोडको कमाइ गरेको छ ।

कोरोना महामारीपछिको लकडाउनका कारण चलचित्र रिलिज झण्डै १८ महिना पछि धकेलीएको थियो । चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, अजय देवगण, रणवीर सिंहको मुख्य भूमिकामा छन् ।