प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी चार मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी चार मुद्दा दर्ता

काठमाडौं, १३ माघ ।

सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ ।  वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन्। 

त्यस्तैगरी, अधिवक्ता  राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् । 

प्रतिनिधिसभा विघटनको अदालतको विचाराधीन विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा अवरोध पु¥याएको उल्लेख गर्दै उक्त मुद्दा दायर गरिएको छ । 

अदालतको अवहेलनामा दोसी ठहर भएमा १ वर्ष कैद सजाय वा र १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।