मन्त्रिपरिषदको निर्णय: देशभरका स्कूल बन्द, हवाई उडान भने तत्काल नरोकिने

मन्त्रिपरिषदको निर्णय: देशभरका स्कूल बन्द, हवाई उडान भने तत्काल नरोकिने

काठमाडौं, १४ वैशाख । 
सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिश अनुसार निर्णय गरेको हो । 

सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र तराई/मधेशको हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने सीसीएमसीको सिफारिस पनि  पारित गरेको  । 

बाँके, बर्दिया र सुर्खेतमा यसअघि नै निशेषज्ञा जारी भइसकेको छ भने काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निशेषज्ञा छ । मोरङ, पर्सा, कास्की, दाङ र रुपन्देहीमा पनि संक्रिय संक्रमितको संख्या ५०० बढी छ।

मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानबाट आएका नेपालीलाई १० दिन होम क्वारेन्टिन र नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउने विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ।