क्वरेण्टीनमा आत्महत्या गरेका पुरुषको रिर्पाेट कोरोना पोजेटिभ

क्वरेण्टीनमा आत्महत्या गरेका पुरुषको रिर्पाेट कोरोना पोजेटिभ

१९ असार, रोल्पा । 
रोल्पामा क्वरेण्टीनमा  झुण्डिएर आत्महत्या गरेका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

विद्यालयमा स्थापना गरिएको क्वरेण्टीनमा खाली ठाउँ नभएपछि गाउँको एउटा घरमा  एक्लै क्वरेण्टीनमा बसेका उनेले बुधबार क्वरेण्टीनमै झुण्डिएर आत्महत्या गरेका थिए । 

आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ स्थायी ठेगाना भएका ३१ वर्षीय ती पुरुषको  भेरी अस्पताल नेपालगञ्जमा आज गरिएको स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो  जिल्ला स्वास्थ्य कार्यालय रोप्पाले जानकारी दिएको छ। 

मृतक पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङका लागि टोली त्यस स्थानमा पठाइने र सबैको स्वाब संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।