तान्जानियाका भाइरल टिकटकर दाजुबहिनी, जसको मोदीले प्रशंसा गरे

तान्जानियाका भाइरल टिकटकर दाजुबहिनी,  जसको मोदीले प्रशंसा गरे

२२ फागुन, काठमाडौं ।  
पछिल्लो समय मौलिकता झल्कने पहिरन लगाएर कहिले वस्तुभाउ चराउदै त कहिले खेतबारीमा काम गरेको भिडियो विभिन्न देशका म्युजिकमा टिकटक बनाउने दाजुबहिनी विश्वभर भाइरल छन् ।

उनीहरु चर्चा पछिल्लो साता अझ बढि भयो जसको कारक हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । गत आइतबार(फेब्रुअरी २७) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकप्रिय टिकटक प्रयोगकर्ताहरू, किली पल र नीमा पललाई गणतन्त्र दिवसमा भारतीय राष्ट्रिय गान गाएकोमा प्रशंसा गरे ।  उनले आफ्नो ‘मन की बात’ कार्यक्रमको ८६ औं संस्करणमा तान्जानियाका भाइबहिनीहरूबारे टिप्पणी गरेका हुन्।

सम्वोधनका क्रममा मोदीले भने, "आजका दुई तान्जानियाली भाइबहिनी, किली पल र उनकी बहिनी नीमा, फेसबुक, ट्विटर र इन्स्टाग्राममा धेरै समाचारमा छन्, र म पक्का छु, तपाईंले पनि तिनीहरूको बारेमा सुनेको हुनुपर्छ। उनीहरुमा भारतीय संगीतको जोश, क्रेज छ र यसै कारणले उनीहरु निकै लोकप्रिय पनि छन् ।"

"उनीहरूको लिप सिङ्कको प्रविधिले उनीहरूले यसमा कत्तिको मेहनत गर्छन् भन्ने देखाउँछ। हालै उनले गणतन्त्र दिवसको अवसरमा हाम्रो राष्ट्रिय गान ‘जन गण मन’ गाउँदै गरेको भिडियो भाइरल भएको छ । केही दिनअघि उनीहरुले लताको गीत प्रस्तुत गरेर भावपूर्ण श्रद्धाञ्जली पनि दिएका थिए । म यी दुई दाजुभाइ किली र नीमालाई तिनीहरूको अद्भुत रचनात्मकताको लागि धेरै प्रशंसा गर्छु," मोदीले थपे।

हालै तान्जानियास्थित भारतीय उच्चायुक्तले किली पललाई सम्मान समेत गरेका थिए ।

तान्जानियाली कलाकारले कार्यक्रमको तस्वीर सेयर गर्दै गर्दै भने, “सर भेट्न पाउँदा खुसी लाग्यो र मसँग राम्रो व्यवहार गरेकोमा त्यहाँ सबैलाई धन्यवाद‘म तिमीलाई माया गर्छु, मेरा भारतीय समर्थकहरू। तिमी बिना, म यहाँ हुने थिएन। थप आउन बाँकी छ। जय हिन्द।"