ठगी मुद्दामा अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध गैर जमानती वारेन्ट जारी

ठगी मुद्दामा अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध गैर जमानती वारेन्ट जारी

२२ फागुन, काठमाडौं ।  
अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध ठगी मुद्दामा गैर जमानती वारेन्ट परेपछि उनी कानुनी समस्यामा परेकी छन् । 

सिन्हामाथि दिल्लीमा भएको कार्यक्रममा नगएको आरोप लगाइएको छ, जसको लागि उनले ३७ लाख रुपैयाँ लिएकी थिइन् ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा दिल्लीमा एक कार्यक्रममा उपस्थित भइनन्, जसको लागि उनलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो। खबर अनुसार, सोनाक्षीलाई ‘इन्डिया फेसन एण्ड ब्युटी अवार्ड’ कार्यक्रमका लागि साइन गरिएको थियो जसको लागि उनले करिब रु. ३७ लाख लिएकी थिइन् । एक समाचार अनुसार कार्यक्रम आयोजक प्रमोद शर्माले ‘दबंग’ नायिका कार्यक्रममा उपस्थित हुन नसकेपछि उनको पैसा फिर्ता मागेका थिए ।

२०१९ को सेप्टेम्बरमा दिल्लीको सिरी फोर्ट अडिटोरियममा शर्माद्वारा अवार्ड शो आयोजना गरिएको थियो। कार्यक्रमको लागि, सोनाक्षीलाई ट्यालेन्ट फुलअन कम्पनी र एक्सीड इन्टरटेनमेन्टका सञ्चालक अभिषेक सिन्हा मार्फत सम्पर्क गरिएको थियो। सम्झौतामा सिन्हालाई जुन महिनामा चार किस्तामा २८ लाख १७ हजार भुक्तानी गरिएको थियो भने कम्पनीलाई कमिशनबापत ५ लाख भुक्तानी गरिएको थियो ।

लिखित सहमति पछि, अभिनेत्रीले कार्यक्रमको लागि प्रमोशनल भिडियोहरू खिचेकी थिइन् तर अन्ततः त्यसमा सहभागी भइनन्। शर्माले सोनाक्षीका प्रबन्धकले पैसा फिर्ता गर्न अस्वीकार गरेको आरोप लगाएका छन् । उनले अभिनेत्रीसँग पटकपटक सम्पर्क गर्ने प्रयास पनि गरे तर उनको तर्फबाट जवाफ नआएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

त्यसपछि प्रमोद शर्माले मुरादाबादको कटघर थानामा ठगीको उजुरी दिएका थिए। मुद्दा दायर भएपछि सोनाक्षी आफ्नो बयान लिन मुरादाबादको स्टेशन गएकी थिइन् । तर, लगातार अनुपस्थित भएपछि अभिनेत्री विरुद्ध ठगी मुद्दामा गैर जमानती वारेन्ट जारी भएको छ । 

मुरादाबादको एसीजेएम अदालतले सिन्हालाई २५ अप्रिल २०२२ मा सुनुवाईको लागि उपस्थित हुन आदेश दिएको छ।