८३ ले पहिलो दिनमै कमायो १५ करोड

८३ ले पहिलो दिनमै  कमायो १५ करोड

११ पुस, काठमाडौं । 
अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको फिल्म '८३' दुई दिनअघि सिनेमाघरमा रिलिज भएको छ । 

चलचित्रले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । 

चलचित्रले रिलिजको पहिलो दिन बक्स अफिसमा करिब १५ करोडको कलेक्सन गरेको छ । 

तर, '८३' ले अक्षयकुमारको 'सूर्यवंशी', 'पुष्पा' र 'स्पाइडर म्यान नो वे होम' ले जस्तो रेकर्ड  ब्रेक गर्न भने सकेन ।