१४ वर्ष लामो प्रतिक्षापछि इरफानको 'मर्डर एट तीसरी मंजिल ३०२' सार्वजनिक हुँदै

१४ वर्ष लामो प्रतिक्षापछि इरफानको 'मर्डर एट तीसरी मंजिल ३०२' सार्वजनिक हुँदै

१४ पुस, काठमाडौं । 
१४ वर्षको लामो प्रतिक्षापछि, स्वर्गीय अभिनेता इरफान खानको चलचित्र  'मर्डर एट तीसरी मंजिल ३०२', ३१ डिसेम्बर २०२१ को साँझमा रिलिज हुने भएको छ ।

यो चलचित्र ओटीटी प्लेटफर्म जी-५ मा रिलिज हुने भएको छ। 

नवनीत बाज सैनी द्वारा निर्देशित यो चलचित्र २००७ मा बनेको थियो तर रिलिज भएन ।

यस चलचित्रमा इरफान बाहेक रणवीर शौरी, लक्की अली, दीपल शा लगायतका कलाकारको अभिनय पनि देखिन सकिन्छ ।